आर्मी अफिसर्सलाई उपाधि

काठमाडौँ — आर्मी अफिसर्स गल्फ क्लबले नेपाल टुरिजम कप गल्फको क्लब च्याम्पियनसिप जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण जितेका सुवास तामाङ र निश्चयजंग रायमाझीले अघिल्लो दिनको स्कोरमा २ स्ट्रोकले पछाडि रहे पनि टिमलाई उपाधि जितेका हुन् ।

सुवास र निश्चयको जोडीले गोकर्ण गल्फ क्लबमा १२ ओभर ३ सय स्कोर गरेका थिए । स्कोर बराबरी भएपछि काउन्ट ब्याकका आधारमा उनीहरू उपाधि हात पार्न सफल भए । सुवासले मंगलबार २ अन्डर ७० र निश्चयले ५ ओभर ७७ को स्कोर गरे ।

गोकर्ण गल्फका सदभाव आचार्यले इभन पार ७२ र टासी छिरिङ ५ ओभर ७७ को स्कोर गर्दै कुल १२ ओभर ३ सयको कार्ड बनाए पनि कान्टब्याकका आधारमा पछाडि परेका थिए । हिमालयन गल्फ कोर्स पोखरा ४९ ओभर ३ सय ३७ को स्कोर गर्दै तेस्रो भयो । धरान गल्फ क्लब ५२ ओभर ३ सय ४० स्कोरसाथ रोयल नेपाल गल्फ क्लबलाई एक स्ट्रोकले पछाडि पार्दै चौथो भयो ।

सुवास व्यक्तिगत उच्च स्कोरतर्फ अगाडि रहे । उनले एक अन्डर १ सय ४३ स्कोर गरे । सदभावले ५ ओभर १ सय ४९ र टासीले ७ ओभर १ सय ५१ स्कोर गरेका थिए । टिम च्याम्पियनसिप ३६ होलमा खेलाइएको थियो । कर्पोरेट गल्फ बुधबार हुनेछ । स्टेबलफोर्ड फर्म्याटमा ३/४ ह्यान्डीक्यापमा हुने प्रतियोगितामा ९२ खेलाडी प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल गल्फ संघको आयोजनामा विश्व पर्यटन दिवसको अवसर पारेर आयोजित प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, गोकर्ण फरेस्ट रिसोर्ट, गोर्खा ब्रुअरी, सामसुङ, केल्मी र एभरेस्ट बेभरेजले सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button